समाज

सेफ्टी ट्याङकीमा बालकको शव फेला

धनुषा—  जनकपुर उपमहानगरपालिका–१४ मुजिलिया बस्ने श्रीप्रसाद राउतको ६ बर्षीय छोरा केशर राउतको शव शौचालयको सेफ्टी ट्याङकीमा फेला परेको छ।

गत चैत ३१ गते बिहानबाट केशर राउत हराई बेपता भएको भनि बैशाख २ गते राउतका बाबुले जिल्ला प्रहरी कार्यालय धनुषामा निबेदन दिएपश्चात खटिएको प्रहरी टोलीले घरपरिवारसँग सोधपुछ गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीमा नयाँ प्लाष्टर गरेको देखिएपछि प्रहरीले फोडी हेर्दा बच्चाको लाश फेला परेको थियो।

प्रहरीले श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २७ बर्षीया रिना राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७४ ०६:४७ आइतबार

सेफ्टी ट्याङकीमा बालकको शव फेला