समाज

स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना, आठ जना घाइते

प्यूठानको स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटनामा परेको छ।

सोमबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४, भ्यागुते भन्ने ठाउँमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख (डिएसपी) सुवास खड्काले बताए।

प्रहरीका अनुसार २ पुरुष, २ महिला ४ बालबालिका गरी ८ जना सवार उक्त गाडिका सबै अचेत र गम्भीर छन्।

सबै अचेत भएकाले कसैको पहिचान हुन सकेको छैन। ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो।

अस्पताल अचेत सबैको अवस्था गम्भीर रहेको प्युठान प्रहरी प्रमुख खड्काले बताए। ‘एम्बुलेन्स अस्पताल पुग्दैछन् बाँकी खबर केही छिनमा दिने छौ।’

उनले भने,'स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटनामा परेका हो। कारमा आठ जना सवार छन्। उहाँहरुको अवस्था गम्भीर छ।'

दुर्घटनामा परेकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल प्यूठान पठाइएको उनले जानकारी दिए।

प्रकाशित: २९ जेष्ठ २०८० ११:०३ सोमबार

कार दुर्घटना