समाज

चट्याङबाट युवकको मृत्यु

इलाम- देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ।

घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। रासस

 

प्रकाशित: २ वैशाख २०७४ १४:०० शनिबार

चट्याङबाट युवकको मृत्यु