समाज

राउटे समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग जुट्दै

काठमाडौं- घुमन्ते जीवन विताइरहेका राउटे समुदायलाई पिपुल टु पिपुल बेल्जिमयले सहयोग गर्ने भएको छ। संस्थाले उनीहरुको स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न लागेको हो। राउटे समुदायको स्वास्थ्य अवस्थाको बारेमा अध्यान गर्न चिकित्सक सहितको टोली आउन लागेको एनआरएन बेल्जियममा महासचिव तथा पिपुल टु पिपुलका सदस्य लोक दाहालले बताए। 'संस्थाले उनीहरुको स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न लागेको हो', दाहालले भने, 'उनीहरुको अवस्थाको अध्यान गरेर राहत वितरण गर्ने छौं।'

अध्यानको लागि डा. लुक बुकर सहित ४ जनाको टोली आउने दाहालले जानकारी दिए। माओवादी केन्द्रका युवा नेता दिपेश पुनले टोलीलाई राउटे समुदाय सम्म पुग्ने व्यवस्था मिलाएको दाहालले जनाए। पुनले राउटे समुदायको लागि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन्। डा. बुकर सहितको टोली सोमबार राउटे समुदायलाई भेट्न अछाम जाने पुनले बताए। यस अघि पनि आँफुले राउटे समुदायको लागि काम गर्दै आएको उनले बताए।

एक वर्षअघि आगोमा जलेर घाइते भएका राउटे युवा कपिल शाहीको उपचारको लागि आफु अछाम पुगेको उनले बताए। कपिल अस्पताल आउन नमाने पछि पुनले चिकित्सक लिएर उनीहरु बसेको स्थानमै पुगेका थिए। मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय करिव एक  सय ५० को हाराहारीमा छन्।

प्रकाशित: २ वैशाख २०७४ ११:४९ शनिबार

राउटे समुदायको स्वास्थ्य क्षेत्रमा जुट्दै