समाज

अबोध बालकलाई अभिभावकको जिम्मा

हराएको अबोध बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगाएको छ । करिब पाँच वर्षको बालकलाई फेला पारी रौतहट प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।

रौतहटको गौर नगरपालिकाको बिपी चौकबाट शनिवार हराएको बालक ईशनाथ नगरपालिकाका योजना प्रमुख ईसराजुल खानले फेला पारेका थिए । 

खानले बालकलाई प्रहरीको जिम्मा लगाएका थिए ।पाँच वर्षको अबोध बालकको अभिभावकलाई प्रहरीले जिम्मा लगाएको छ । कटहरिया नगरपालिका ४ की सनाद बेगमलाई प्रहरीले बालक जिम्मा लगाएको हो ।

हराएको बालक बेगमको नाति भएको प्रहरीले जनाएको छ । हराएको अबोध बालकलाई प्रहरीले फेला पारी जिम्मा लगाएकोमा निकै खुसी लागेको बेगमले बताइन् ।

प्रकाशित: २८ जेष्ठ २०८० १५:०४ आइतबार