समाज

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

रौतहट– रौतहटके दीपहीस्थित एक विपन्न दलितको घरमा आगलागी हुँदा ४ चौपायासहित २ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ।

स्थानीय उपेन्द्र हजराको घरमा बिहीवार बिहान करिब चार बजे आगलागी हुँदा ४ वटा बाख्रा जलेर मरेका छन् ।

यसै गरी हजराको एउटा भैसीँ पनि जलेर गम्भीर घाइते भएको छ। वैशाख पहिलो साता घरमा छोराको बिहेको लागि किनेर ल्याएको तीन बोरा चामल र नगद चालीस हजार रुपैयाँ जलेर खरानी हुँदा दलित परिवारको विचल्ली भएको छ।

फुसको घरमा लामखुटे धपाउन बालेको घुरबाट सल्केर आगो फैलिएको बताइएको छ। आगलागीले करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय सञ्जय महतोले बताएका छन् ।

 

प्रकाशित: ३१ चैत्र २०७३ १४:२० बिहीबार

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी लाखको क्षति