समाज

आपसी विवादपछिकाे झडपमा घाइते १ जनाको मृत्यु

रौतहट– रौतहटमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही गाउँपालिका–४ कर्कचमा बुधबारराति भएको झडपमा घाइते एकको उपचारको क्रममा मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरी स्थानीय ब्रह्मदेव माझी र लक्ष्मण माझीबीच बुधबार राति झगडा हुँदा ब्रह्मदेव माझीद्वारा लक्ष्मण माझीको टाउको लाठी प्रहार भएको थियो। लाठी प्रहारबाट रक्ताम्मे भई लडेका लक्ष्मण माझीलाई उपचारको लागि गरुडास्थित हेल्थ ल्यान्ड हस्पिटलमा भर्ना गरिएकोमा ७० वर्षीय माझीको उपचारकै क्रममा मृत्यु भएको हो। झडपमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले तीनजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले स्थानीय ब्रह्मदेव माझी, रम्भु माझी र विक्रम माझीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको  इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन्।

प्रकाशित: ३१ चैत्र २०७३ १४:१२ बिहीबार

आपसी विवादपछिकाे झडपमा घाइते जनाको मृत्यु