समाज

नेपाल–चीन संयुक्त सैन्य अभ्यास वैशाख ३ देखि

काठमाडौं– नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास मित्रता सगरमाथा बैशाख ३ देखि नेपालमा हुने भएको छ। नेपाल र चीन बिच हुने पहिलो अभ्यास प्रतिआतंकबाद कारवाहीमा केन्द्रीत हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

‘विश्वको गम्भीर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै तालिम आयोजना हुन लागेको हो ’ निर्देशनालयले भनेको छ। अभ्यास बैशाख १२ मा समापन हुनेछ।  

निर्देशनालयका अनुसार नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तारका लागि विगतदेखि छिमेकी देशसँगगर्दै आएको संयुक्त सैन्य अभ्यासकै निरन्तरता मित्रता सगरमाथा हो। विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयवस्तुहरु अभ्यास केन्द्रीत हुनेछ।

‘विश्वको गम्भीर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै तालिम आयोजना हुन लागेको हो ’ निर्देशनालयले भनेको छ। अभ्यास बैशाख १२ मा समापन हुनेछ।  

विश्व शक्ति राष्ट्रको रुपमा अमेरिकासँग पनि अभ्यास हुँदै आएको छ। भारतले चीन र अमेरिकासँग छुट्टाछुट्टै रुपमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

चीनले पनि पछिल्लो समयमा सैनिक क्षेत्रलाई आधुनिकिकरण गर्दै लगेको छ। यसबाट नेपालले प्रत्यक्ष फाइदा लिन सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन्। चीन सैन्य क्षेत्रमा अमेरिकापछि विश्वमा सबैभन्दा बढी बजेट भएको देश हो। भूराजनीतिक कारणले गर्दा पनि चीनसँग हुने सैनिक अभ्यासले सामरिक सन्तुलन कायम राख्ने कतिपयको बुझाइ छ।

प्रकाशित: ३१ चैत्र २०७३ ११:४८ बिहीबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यास