समाज

पोखरामा पौडी पोखरीमा डुबेर बालकको मृत्यु

पोखरामा पौडी पोखरीमा डुबेर एक जना बालकको ज्यान गएको छ। 

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मोहनदत्त पोखरेलले सञ्चालन गरेको स्वीमिङ पुलमा डुबेका पोखरा–८ आलुमाईला चोकका १० वर्षीय एनेक्स थापाको मृत्यु भएको हो। शनिबार बेलुकी सवा ६ बजेतिर उनी पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

पोखरामा निरन्तर बढेको गर्मी छल्ने उद्देश्यले पौडी खेल्न भन्दै बालक अभिभावकसहित उक्त स्वीमिङ पुलमा पुगेका थिए। स्वीमिङ खेल्ने क्रममा अचानक डुबेका उनलाई उद्धार गरेर दीप अस्पताल ल्याइएको थियो। तर चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीको भनाई छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०८:०२ आइतबार

पोखरा पौडी पोखरी