समाज

बिस्केट जात्रामा ढुंगा हान्ने थप ८ पक्राउ

भक्तपुर – भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

बिस्केट जात्राको रुटका ठाउँंठाउँंमा राखिएका सीसीटीभी क्यामेराको सहयोगमा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर वंशगोपाल बस्ने ३२ वर्षीय सुमन शिल्पकार,  दुधपाटी बस्ने २४ वर्षिय सुमन सिन्तकला, टौमढी बस्ने २१ वर्षीय रमेश छुस्याकी,  डेकोचा बस्ने १८ वर्षीय उमङ्ग मुनकर्मी,  टौमढी बस्ने २३ वर्षीय राजन भेले, त्रिपुरासुन्दरी बस्ने २५ वर्षीय  सुरेन्द्र देसेमरु, इताछे बस्ने  ३० वर्षीय  न्हुछेराम खर्वुजा र टौमढी बस्ने ५० वर्षीय सिताराम सुवाल रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ३१ चैत्र २०७३ ०६:४३ बिहीबार

बिस्केट जात्रामा ढुंगा हान्ने पक्राउ