समाज

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

पाँचथर- समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्‍याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।

 जिल्लाको हाल फाल्गुनन्द गाँउपालिका–१ साविक नविडाँडा– ५ की पूर्णमाया लिम्बुको शिशु जन्मिएपछि सालनाल खस्न नसकेपछि उच्च रक्तचापहुँदा मृत्यु भएको हो। 

घरैमा बच्चा जन्मिएपनि सालनाला खस्न नसकी धेरै रगत वगेपछि महिलाको मृत्यु भएको स्थानीयले बताएका छन्। ३३ बर्षिय महिलाको लामो समयसम्म सालनाल नखसेपछि स्थानीय स्वास्थ्य चौकिमा लागिएको थियो। स्वास्थ्य चौकिमा उपचार  नभएपछि जिल्ला अस्पताल पाँचथर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको श्रीमान हर्क बहादुर लिम्बुले बताए।

 

 

प्रकाशित: २७ चैत्र २०७३ १३:२६ आइतबार

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु