समाज

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन

मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ। भारतको एनसीआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा भर्ना भएका साहको आज बिहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

उनको कलेजोसम्बन्धी रोगका कारण स्वास्थ्यस्थिति गम्भीर भएपछि उपचारको लागि भारतको एनसीआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई गृहनगर आजै जनकपुरधाम ल्याउने प्रयास भइरहेको छ। उनको पार्थिव शरीरलाई आज नभए भोलिसम्म जनकपुरधाममा ल्याएर दाहसंस्कार गरिनेछ।

नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराएका प्राध्यापक डा. साह सेवानिवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त भएका थिए। त्यसअघि हाड तथा जोर्नी विशेषज्ञ डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८० ०५:१५ बिहीबार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन