समाज

क्रियापुत्री भवन हस्तान्तरण

काठमाडौं– दाताहरुले क्रियापुत्री भवन निर्माण गरेर स्थानीय सामाजिक संस्थालाई हस्तान्तरण गरेका छन्। 

काठमामाडौं महानगरपालिका ४ धुम्वाराहीमा अच्युतकृष्ण खरेल, गिता आचार्य र बधुमायाँ रिजालले तीन कोठे क्रियापुत्री भवन निर्माण गरेर स्थानीय शिवस्थली विकास तथा संरक्षण संस्थालाई हस्तान्तरण गरेका हुन्।

भवन निर्माणका दाता खरेलले मृत्यु संस्कारलाई सहज बनाउनको लागि क्रियापुत्री भवन निर्माण गरेको बताए।

भवनको साँचो समाजसेवी रुक्वीणा लामिछानेलाई हस्तान्तरण गरेर  भवनको उद्‍घाटन गरिएको थियो। लामिछानेले साँचो संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरेकी थिइन्। साथै भवन निर्माण गर्ने खरेल, आचार्य र रिजाललाई लामिछानेले सम्मान गरेकी थिइन्।

प्रकाशित: २६ चैत्र २०७३ ११:५४ शनिबार

क्रियापुत्री भवन हस्तान्तरण