समाज

सफा हिमाल अभियानले हिमालबाट संकलन गर्‍यो ३५ टन भन्दा बढी फोहोर

नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३ ले हिमालबाट ३५ टन भन्दा बढी फोहोर संकलन गरेको छ। 

अभियानले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५,७०८ टन फोहोर संकलन गरेको हो।

यस वर्षे अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य पुरा भएको छ।

चैत १४ गतेबाट सुरु भएको अभियानले सगरमाथा–ल्होत्से क्षेत्रबाट १३,६२१ किलो,अन्नपूर्णबाट ३,५६७ किलो र बरुञ्चेबाट १८,५२० केजी फोहोर संकलन गरेको छ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक, श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेका बताए। 

प्रकाशित: २४ जेष्ठ २०८० १२:३६ बुधबार

‘सफा हिमाल अभियान’