समाज

घरको छतबाट खसेर एकको मृत्यु

काठमाडौं – नागार्जुन नगरपालिका–९ स्यूचाटार दुर्गानगर कोलोनी नजिक विहीबार घरमा रङ्ग लगाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा झापा दमक घर भई हाल स्यूचार बस्दै आएका ४० वर्षीय राम राई रहेका छन्।
रङ्ग लगाउँदै गर्दा एक्कासी छतबाट खसेपछि उनलाई विर अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

 

प्रकाशित: २५ चैत्र २०७३ ०६:३३ शुक्रबार

घरको छतबाट खसेर एकको मृत्यु