समाज

वेवारिसे शव फेला

कोहलपुर- कोहलपुरस्थित डुडुवा खोलामा वेवारिसे शव फेला परेको छ। बुधबार बेलुका ४ बजेतिर खोलामा तैरिएको अवस्थामा शव फेला परेको हो। अन्दाजी ५५ बर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनायो।

पुरुषको चार दिनअघि खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ। शव पहिचानका लागि सूचना आदानप्रदान भैईरहेको प्रहरीले जनायो। शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा लगिएको छ।

 

प्रकाशित: २३ चैत्र २०७३ १३:४८ बुधबार

वेवारिसे शव फेला