समाज

तापक्रम अझै केही दिन नघट्ने, तराईमा 'लू' को सम्भावना

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागको ‍एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  

महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

विशेष गरी मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम  तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ। महाशाखाले अत्याधिक गर्मी, मेघ-गर्जनरचट्याङ्ग तथा हावा-हुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ। 

प्रकाशित: २३ जेष्ठ २०८० ०१:३९ मंगलबार

तराईमा 'लू' को सम्भावना तापक्रम अझै केही दिन नघट्ने