समाज

नेपाली सेनाले निस्क्रिय पार्‍यो दुई वटा बम

राजविराज–सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ। 

राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो। 

दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको हो। 

दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको हो। 

बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थी समेत त्रसित भएका थिए। दुवै स्थानबाट तराईमा सशस्त्र सङ्घर्षरत गर्दै आएका (जयकृष्ण गोइत) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासमेत फेला परेका छन्। 

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै बमको जिम्मेवारी लिएका छन्। माओवादी जनयुद्धबाट अलग भएर गोइतले तराईमा अातंककारी क्रियाकलाप सञ्चालन गर्दै अाएका छन्।

कैदीको मृत्यु 
सप्तरीको राजविराज कारागारमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको आज मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका सप्तरीको डाढा गाविस–८ का ८० वर्षीय नथुनीप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मधुमेह तथा मिर्गौला रोगबाट पीडित यादव तीनदिन अगाडि अचानक बिरामी परेका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको जिप्रका, सप्तरीले जनाएको छ। रासस

प्रकाशित: २२ चैत्र २०७३ ०८:२७ मंगलबार

नेपाली सेनाले निस्क्रिय पार्‍यो दुई वटा बम