समाज

नक्कली भूटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुनेछ। काठमाडौँ जिल्ला अदालतमा हिजो आईतवारबाट शुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका छन।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए। थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ।  

प्रकाशित: २२ जेष्ठ २०८० ०४:१५ सोमबार

नक्कली भूटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने