समाज

पाथिभरामा एक तिर्थयात्रीको मृत्यु

ताप्लेजुङ- प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको गएराती मृत्यू भएको छ। मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेका छन्। आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए।

उनको सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गर्दा गर्दै मृत्यू भएको प्रहरीले बताएको छ। उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ। बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा प्राविधिक पदमा कार्यरत थिए।

प्रकाशित: १९ चैत्र २०७३ ०८:४३ शनिबार

पाथिभरामा तिर्थयात्रीको मृत्यु