दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्। तिनै चिज गाउँवस्तीमा नभएपछि स्थानीयले वर्षौंदेखि कसरी कष्ठकर जीवन बिताइरहेका होलान्? सहजै अनुमान लगाउन सकिन्छ। हो, त्यस्तै शताब्दीऔं पुरानो अवस्थामै अहिले पनि जीवन गुजारी रहेका छन् सुगम जिल्ला कैलालीको दुर्गम मोहन्याल गाउँपालिकाका बासिन्दा।
‘हामीलाई सबैभन्दा बढी दुःख भनेकै सडकको हो,’ मोहन्याल गाउँपालिका वडा नम्बर २, गजाडीका नरबहादुर बुढामगरले भने, ‘तराईदेखि गाउँपालिकाको सदरमुकाम खिमडी जोड्ने सडक त वर्षमा ७ महिना मात्रै चल्छन्, झन भित्री सडक त वर्षमा त्यही ४ महिना मात्रै सञ्चालन हुन्छन्।’
दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्। तिनै चिज गाउँवस्तीमा नभएपछि स्थानीयले वर्षौंदेखि कसरी कष्ठकर जीवन बिताइरहेका होलान्?
सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको उनले बताए। ‘गतिला सडक नहुँदा गाउँमा नियमित सवारी साधन चल्न सकेका छैनन्, जसले गर्दा गाउँमा सामान ल्याउनका लागि पनि गाडी तथा ट्र्याक्टर नै बुकिङ गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘गाडी बुकिङ गर्दा सामान महँगो पर्न जाने र त्यसको भार फेरि स्थानीय उपभोक्तालाई नै पर्ने गरेको छ।’
रगाउँमा ट्रयाक खोलिएको म पुगे पनि वर्षमा ४ महिना मात्रै मोटरसाइकलसम्म चलाउन सकिने भएको बताउँदै अर्का स्थानीय विष्णु रोकामगरले भने, ‘गाउँपालिकाको बजेटले गाउँगाउँसम्म ट्र्याक त खोलियो, तर स्तरोन्नति नहुँदा भने झनै दुःख छन्।’ ट्र्याक खोलिएको बाटोमा ठूल्ठूला ढुंगा तथा साँघुरो मोड र ठाडै उकालो बाटोले मोटरसाइकल चलाउनै सकस हुने गरेको उनले बताए।
सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको उनले बताए।
गाउँमा बाटो आएपछि यात्रा गर्न सहज हुन्छ भनेर मोटरसाइकल किनेको बताउँदै उनले भने, ‘दैनिक उपभोग्य सामान किन्न तथा बिरामी पर्दा तराई जान सहज होस् भनेर किनिएको मोटरसाइकल पनि अप्ठ्यारो बाटोका कारण राम्ररी चलाउनै सकिएका छैन।’
अप्ठ्यारो बाटोमा ज्यान हत्केलामा राखेर मोटरसाइकल चलाउनुपर्ने बाध्यता रहेको उनले बताए। भर्खरै खोस्रेर बनाइएको सडकजस्तै यहाँको सञ्चार पनि उस्तै छ। नेपाल टेलिकमको मात्रै टावर रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन। गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ। दुर्गम गाउँवस्तीको अवस्था त झनै दर्दनाक छ।
२०६४ सालमा तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको आर्थिक सहयोगमा सिमली खोला–पण्डौन–खनियाताल सडक खण्डको सुरुवात गरिएको थियो। सो सडक १० वर्षपछि मात्रै खिमडीसम्म पुग्न सकेको हो।
नेपाल टेलिकमको मात्रै टावर रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन। गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ। दुर्गम गाउँवस्तीको अवस्था त झनै दर्दनाक छ।
सुस्त निर्माण कार्य र पर्याप्त बजेट नभएका कारण सडकको स्तरोन्नतिका साथै ट्रयाक अगाडि लैजाने कार्यमा बाधा पुगेको जनप्रतिनिधिहरू बताउँछन्। ‘सडक बनाउनका लागि प्रदेश र संघीय सरकारको बजेट आएन,’ वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश मल्लले भने, ‘बजेट अभावकै कारण मोहन्यालको सडकको अवस्था यस्तो भएको हो।’
गाउँपालिकाभित्र सबै वडामा ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन नसकेको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारी बताउँछन्। उनले भने, ‘सडकका ट्र्याक खोलिएका छन्, तर बजेट अभावले नै राम्रो सडक बनाउन सकिरहेका छैनौं।’
सुस्त निर्माण कार्य र पर्याप्त बजेट नभएका कारण सडकको स्तरोन्नतिका साथै ट्रयाक अगाडि लैजाने कार्यमा बाधा पुगेको जनप्रतिनिधिहरू बताउँछन्।
गाउँपालिकाको सदरमुकाम खिमडी जाने बाटो नै राम्रो नभएको बताउँदै उनले भने,‘सदरमुकाम जाने बाटो नै गतिलो भएको छैन भने अन्य गाउँको बाटोको अवस्था झनै दर्दनाक छ।’ कच्ची सडक त्यसमा पनि धुलैधुलोले यात्रा गर्ने यात्रुलाई कष्ट भइरहेको उनी स्वीकार्छन्। ‘बाटो राम्रो नभएकै कारण यात्रुलाई कष्ट छ,’ इञ्जिनियर भण्डारीले भने, ‘तर, केही ठाउँमा भने मोड सुधारको कार्यक्रम चलिरहेको छ।’
बाटोकै कारण दुर्गम बनेको मोहन्याल गाउँपालिकालाई सुगम बनाउनका लागि पर्याप्त बजेट नभएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय बताउँछन्। उनले भने,‘गाउँपालिकाको बजेटले सम्भवै छैन, त्यसका लागि प्रदेश र संघीय सरकारको बजेट चाहिन्छ।’ यसपाली भने प्रदेश सरकार र संघीय सरकारसँग गाउँपालिकाको ग्रामीण सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गरेका छौं।’
प्रकाशित: २१ जेष्ठ २०८० ०१:५९ आइतबार