समाज

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

भक्तपुर– बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ । 

शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए।  

बच्चा जन्माउने बेला भएपछि उपचारका लागि पैसा सापटी लिन श्रीमान् मेघबहादुर तामाङ गाउँ गएका बेलामा बच्चा जन्माए पछि नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साइली तामाङलाई नियन्त्रणमा लिएको र हाल उनको उपचार भक्तपुर अस्पतालमा गराइरहेको पनि उनले जानकारी दिए।  

प्रहरी नायब उपरिक्षक प्रसाईंले गाडेको शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए। रासस 

प्रकाशित: १७ चैत्र २०७३ १४:१० बिहीबार

गाडेको अवस्थामा शिशुको शव फेला आमा पक्राउ