समाज

वर्षाजस्तै धुम्मियो चैत्र

बिहीबार बाक्लो कुहिरोले ढाकिएको दिक्तेलबजार । तस्विर : दमन राई

खोटाङ – चैत्र महिना सुक्खा र धुलोमैलो उड्ने मौसम हो । तर, हप्ता दिन यता खोटाङमा वर्षा याममाजस्तै धुम्मिने, पानी पर्ने र हिलोमैलो बढेको छ । चैत्र लागे यता जिल्लामा बाक्लो कुहिरो लागीरहेको छ । असार साउनमाझैँ बेला बेलामा वर्षा पनि भइरहेको छ । चैत्रमा माघ फागुनमाभन्दा चिसो बढेको महसुस भएको स्थानीयको भनाई छ । धुम्मिने मौसमका कारण चैत्र ८ गते यता जिल्लाको खानीडाँडा र लामीडाँडा विमानस्थलको उडान प्रभावित हुँदै आएको छ । चैत्रमा पनि वर्षाको जस्तो मौसम महसुस भएको भन्दै स्थानीय अचम्मित बनेका छन् । 
बढ्दो जलवायु परिवर्तनका कारण मौसममा अनपेक्षित परिवर्तन आइरहेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । ‘हरेक महिना, हरेक वर्ष हामीले फरक–फरक तापक्रम महसुस गरिरहेका छौँ,’ राईले भने, ‘ग्लोबल वार्मिङकै कारण नयाँ प्रजातीका किरा फटेङ्ग्रा, ऐजेरु, बनस्पती देखिइरहेका छन् ।’ 
 

प्रकाशित: १७ चैत्र २०७३ ०८:५७ बिहीबार

वर्षाजस्तै धुम्मियो