समाज

न्यायाधीश नियुक्ति फाइल मगाउन आदेश

काठमाडौं- सर्वोच्च अदालतले उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस फाइल मगाउने आदेश दिएको छ। आनन्दमोहन भट्टराईको एकल इजलासले न्यायाधीश नियुक्ति गर्दा वरिष्ठतालाई ध्यान नदिएको भन्दै न्यायपरिषद्को निर्णय फाइल मगाउन बुधबार आदेश दिएको हो।

नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले मंगलबार प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष र उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशसमेतलाई विपक्षी बनाई निवेदन दर्ता गरेका थिए। रिटमा उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा वरिष्ठता, ज्येष्ठतालाई ख्याल नगरिएको भन्दै बदरको माग गरिएको छ।

न्यायपरिषद् सिफारिसमा उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएका ८० जनाले गत माघ ५ मा पद तथा गोपनीयताको शपथ लिएका थिए। उच्च अदालतका न्यायाधीशले शपथ लिएकै दिन अधिवक्ता होमनाथ ढुंगानाले पनि नियुक्तिमा रोक लगाई निर्देशनात्मक आदेशसहित सिफारिस निर्णय बदर गराउन माग गर्दै रिट दर्ता गरेका थिए।

प्रकाशित: १७ चैत्र २०७३ ०२:३० बिहीबार

न्यायाधीश नियुक्ति फाइल मगाउन आदेश