समाज

समाजिक अधिकारका लागि राष्ट्रिय सञ्जाल गठन

काठमाडौ- आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा कृयाशिल रहेका नागरिक संस्थाहरु एक ठाउँमा आएर राष्ट्रिय सञ्जालको गठन गरेका छन्।

भेदभाव, वहिश्करण तथा आर्थिक, सामाजक तथा सांस्कृतिक अधिकारवाट वञ्चितिको कारणले नै विगतमा भएका दश वर्षे जनयुद्ध तथा अन्य राजनीति तथा सामाजिक आन्दोलन भएको भन्दै उनीहरुले यस्तो सञ्जाल गठन गरेका हुन्।

संविधानसभावाट जारी भै लागु भएको नेपालको संविधान (२०७२)को मौलिक हक तथा नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अनुवन्ध, १९६६ लगायतका सन्धि सम्झौताहरु अन्तर्गत प्रत्याभूत गरिएका अधिकार प्राप्त गर्न सञ्चालले सहयोग गर्ने योजना राखेको छ। खाद्य, स्वास्थ्य, शिक्षा, आवाश, सामाजिक सुरक्षा, वातावरणसम्बन्धि हकहरुको सवै तह र तप्काका जनताले उपभोग गर्न सक्ने वातावराण सृजना गर्नेतर्फ काम गर्न सञ्जाल गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संरचना अन्तर्गतका तहगत सरकारहरुलाई जवाफदेहि वनाउन तथा उनिहरुसंग रचनात्मक सहकार्य गर्ने उदेश्यका साथ यो सञ्जाल गठन भएको सञ्जालका तर्फवाट जुरी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  आगामी दुई वर्षकालागि सञ्जालको नेतृत्व गर्न जुरी–नेपाललाई तोकिएको छ।  यस सञ्जाल गठनका वखत देशभरका ११ नागरिक संस्थाहरु आवद्ध भएको अन्य संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गर्ने प्रतिवद्धता गरेको विज्ञप्तिमा उल्लेख  छ।

 

प्रकाशित: १४ चैत्र २०७३ ०९:०० सोमबार

समाजिक अधिकारका लागि राष्ट्रिय सञ्जाल गठन