समाज

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा


काठमाडौँ – महानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ ।  
नेपाली नागरिकलाई प्रवेश गराएको र प्रहरीले खोजी गरिरहेकाहरू  क्यासिनोमा हुनसक्ने आशंकामा प्रहरीले एकै पटक पाँच क्यासिनोमा छापा हानेको परिसरका प्रवक्ता एसपी प्रधुम्न कार्कीले बताए । राती १० बजे एकै पटक सबै क्यासिनोमा छापा हान्दा प्रहरीले खाेजी  गरिरहेकाे कुनैपनि नागरिक भेटिएन तर साेल्टी क्यासिनाेबाट भने १३ जना नेपाली युवतीहरू पक्राउ परेका छन् । उनीहरूलार्इ क्यासिनाे तालिमका लागि राखिएकाे भनिएपनि थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेकाे हाे ।
 अहिले कुनैपनि नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निशेध गरिएको छ ।
 

प्रकाशित: १४ चैत्र २०७३ ०४:५५ सोमबार

काठमाडौँको क्यासिनोमा प्रहरीको छापा