समाज

दुर्घटनामा बालकको मृत्यु

सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०५:१२ बुधबार

दुर्घटनामा बालकको मृत्यु ट्रयाक्टर दुर्घटना