समाज

महिलाको शव फेला

बारा- बोरामा राखिएर फालिएको अवस्थामा आईतबार एक महिलाको शव फेला परेको छ। प्रसौनी गाविस वडा नं.८ मा पर्ने संन्ना खोलाको दक्षिणतर्फको डिलमा प्लाष्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले बाहिरबाट हत्या गरी मृतकको शवलाई बोरामा राखेर खोलामा ल्याएर फालिएको अनुसन्धानबाट खुलेको बताएका छन्।

शव फेला परे पछि वरिपरिका गाउँका स्थानीयहरुलाई शवलाई पहिचान गराउँदा शवलाई कसैले पहिचान गर्न नसकेकोले उनले बताए।

सिमावर्ती भारतीय गाउँहरुबाट ती महिलालाई सीमाना कटाएर हत्या गरी शवलाई ल्याएर यहाँ फालेको हुन  सक्ने उप्रेतीले बताए।

प्रकाशित: १३ चैत्र २०७३ १३:३५ आइतबार

महिलाको शव फेला