समाज

फोहोरको थुप्रोमा भेटियो १९ राउन्ड गोली

काठमाडौं- प्रहरीले ठमेलमा फोहोरको थुप्रोमा १९ राउन्ड गोली फेला पारेको छ। संञ्चयकोष नजिकै बाटोमा रहेको फोहोरको थुप्रोमा गोली फेला पारेको हो।

फोहोर उठाउनेक्रममा बालबालिकाले खेलाइरहेको अवस्थामा प्याष्टीकको पोकोमा १९ राउन्ड गोली फेला परेको हो। प्रहरीले फेला पारेको गोली ६.५ क्यालिभरको गोली भएको जनाएको छ।

महानगरीय प्रहरी वृत दरबारमार्गले गोलीको बारे अनुसन्धान अगाडी बढाएको जनाएको छ।  

प्रकाशित: १३ चैत्र २०७३ ०९:१४ आइतबार

फोहोरको थुप्रोमा भेटियो १९ राउन्ड गोली