समाज

गाेंगबुस्थित बुक स्टाेर र ट्राभल अफिसमा अागलागी (भिडियाे)

काठमाडौं– गाेंगबु चाेकस्थित आकाशेपुल नजिक रहेकाे श्रेष्ठ बुक स्टाेर्स र सागा ट्राभल एन्ड टुर्स प्रालीकाे कार्यालयमा अागलागी हुँदा करिब १८ लाख रूपैयाँ बराबरकाे भाैतिक क्षति भएकाे छ।श्रेष्ठ बुक स्टोरमा रहेको इन्भर्टरमा विद्युत् सर्टसर्किट भई फैलिएको आगोले पसलमा रहेका सम्पूर्ण किताब जलेर नष्ट हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक उत्तम श्रेष्ठले जानकारी दिए। किताब पसलबाट फैलिएको आगोले सँगै रहेको सागा ट्राभलको अफिसमा रहेका फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको सागाका सञ्चालक स्वच्छम गुरुङले बताए।

संगै रहेकाे एक रेष्टुरेन्टमा पनि अागाेले क्षति पुर्याएकाे छ।

दिउँसो साढे ४ बजेदेखि लागेको आगो स्थानीयबासी, २ ओटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा करिब सवा १ घण्टापछि नियन्त्रणमा आएको गोगंबु प्रहरी प्रभागका असई भयराम श्रेष्ठले बताए।

भिडियाेः

गाेंगबुस्थित बुक स्टाेर ट्राभल अफिसमा अागलागी भिडियाे