समाज

काठमाडौँका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने बताए।

उनले सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिनेसमेत बजेटमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८० १३:५० सोमबार