समाज

उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गरिने

सरकारले शासकिय सुधारमा संघिय उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त आयोग गठन गर्ने बताएका हुन्।

उनले प्रभावकारी प्रशासनका लागि आयोग गठन गर्न लागेको बताए। जन उत्तरदायी प्रशासन र जिम्मेवार प्रशासन बनाइने पनि उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८० १३:३४ सोमबार

प्रशासन सुधार आयोग