समाज

मुद्रा तस्करीको अभियोगमा समातिइन् थाई भिक्षुणी

काठमाडौं-  अबैधरुपमा विदेशी मुद्रा थाइल्याण्ड लैजान खोज्ने एक भिक्षुणी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। २ लाख ८६ हजार डलर, २ लाख ७३ हजार भारतीय रुपैयाँ र ४६ हजार ८ सय भाट सहित थाइल्याण्ड जान त्रिभुवन विमानस्थल पुगेका उनीहरुलाई विमानस्थल सुरक्षा गार्ड प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले सो रकम भारतको बोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा संकलन गरेको र आँफुहरुलाई पैसा बोकेर जान प्रतिवन्ध रहेको विषयमा जानकारी नरहेको बताएका छन्।

गार्डका प्रमुख डिआइजी पञ्कज श्रेष्ठका अनुसार उनीहरुले झोलामा सो रकम राखेको फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको थियो।

उनीहरुले सो रकम भारतको बोधगयामा स्तुपा र अस्पताल बनाउन नेपालमा चन्दा संकलन गरेको र आँफुहरुलाई पैसा बोकेर जान प्रतिवन्ध रहेको विषयमा जानकारी नरहेको बताएका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। एक साता अघि विमानस्थल प्रहरीले ३८ हजार डलर सहित नेपाली मुलकी हङकङ नागरिकलाई पक्राउ गरेको थियो।

५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोक्न पाउने नियम रहेको छ। सो भन्दा बढी बोकेमा मुद्रा तस्करीमा कारबाही हुने डिआइजी श्रेष्ठले बताए।    

प्रकाशित: ११ चैत्र २०७३ १०:२७ शुक्रबार

मुद्रा तस्करीको अभियोगमा समातिइन् थाई भिक्षुणी