समाज

नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिने

सरकारले नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

त्यस्तै हरित अर्थतन्त्र दिगो विकासको मन्त्र भन्ने मान्यताका साथ हरेक चरणमा वातावरण संरक्षणर अनुकुलनलाई प्राथमिकतामा राखिने पनि उनले बताए।

जलवायु परिवर्तनको असरको वैज्ञानिक अध्ययन र अनुसन्धान गर्न सञ्चालनमा रहेका ९ वटा हिम केन्द्रको स्तरोन्नती गरिने पनि महतले बताए।  

प्रकाशित: १५ जेष्ठ २०८० १३:०० सोमबार

जलवायु नमुना कार्यक्रम