सरकारले अब जग्गाको कित्ताकाट फुकुवा गरेको छ। सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने पनि उनले बताए ।
प्रकाशित: १५ जेष्ठ २०८० १२:०० सोमबार