समाज

सैनिक प्रवक्तामा कडायत

काठमाडौं– सैनिक मुख्यालय जंगी अड्डाले सैनिक प्रवक्तामा सहायक रथी झंकरबहादुर कडायतलाई नियुक्त गरेको छ। सैनिक प्रवक्ता उपरथी ताराबहादुर कार्की अनिवार्य अवकाश भएपछि कडायतलाई सैनिक प्रवक्ताको जिम्मेबारी दिएइको हो।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक सैनिक प्रवक्ता रहन्छ। विशेष फौजबाट निर्देशनालयमा निर्देशक नियुक्त कडायतले सेनामा ३१ वर्ष सेवा पुरा गरिसकेका छन्।

सैनिक सहचारीका रुपमा विभिन्न मिसनमा काम गरिसकेका कडायतलाई बुधबार बिशेष कार्यक्रमबीच कार्कीले जिम्मेबारी हस्तानान्तरण गरेका थिए।

प्रकाशित: १० चैत्र २०७३ १०:०८ बिहीबार

सैनिक प्रवक्तामा कडायत