समाज

आममाफी पाएर छुटेका रेशम चौधरीको भव्य स्वागत (तस्बिरहरू)

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहानै जेलमुक्त भएका हुन्। 

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए। उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन्। उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो। तर सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी बिरोध भएको छ।

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको ज्यान गएको थियो। रेशमलाई त्यस घटनाका मुख्य अभियुक्त मानी मुद्दा दर्ता भई दाेषी ठहर भएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८० ०४:०१ सोमबार

जन्मकैद माफी पाएर छुटेका रेशम चौधरीको भव्य स्वागत (तस्बिरहरू)