समाज

एसइइ परीक्षार्थीको मृत्यु

बैतडी—माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ। 

मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

कैलाशले सोमवार आमाका लागि ल्याएको रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ। 

दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शङ्कर जोशीले जानकारी दिए। रासस

प्रकाशित: ९ चैत्र २०७३ ०५:४३ बुधबार

एसइइ परीक्षार्थीको मृत्यु