समाज

सिंहदरबारको दक्षिण ढोका अगाडि प्रदर्शन (तस्बिरहरु)

मानव अधिकार तथा शान्ति समाजले सिंहदरबारको दक्षिण ढोका अगाडि प्रदर्शन गरेको छ।

१६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा प्रदर्शन गरेको हो।

प्रर्दशनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरकपड गरेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०८:०८ आइतबार

मानव अधिकार तथा शान्ति समाज