समाज

रिसको झोंकमा बुवाले छोराको नाक काटिदिए

गुल्मीको इस्मा गाउँपालिकामा रिसको झोंकमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्।इस्मा गाउँपालिका–३, तोरीपाटाका दिल बहादुर सार्कीले आफ्नै ३२ वर्षिय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्।

घरायसी विवाद हुँदा रिसको झोंकमा हँसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका प्रहरीले जनाएको छ।नाकमा गहिरो चोट लागेका बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।

घटनामा संलग्न दिल बहादुर र हँसिया प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App