समाज

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

बारा- नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार  नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले  डुमरवानाबाट ना १ त ८५१५ नम्बरको ट्रेक्टरमा महासंघको नामको ५० क्युफिट काठ लोड गरि जितपुरमा रहेको चिरानमा बिक्री गर्नको लागि लैजादै गरेको अवस्थामा जितपुर– सिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलीया टोलबाट नियन्त्रणमा लिएको हो।

 बरामद गरिएको काठ जिल्ला वन कार्यालय सिमरा बारामा बुझाइएको प्रहरी ईलाका प्रहरी कार्यालय सिमराका निरीक्षक गोविन्द कार्कीले बताएका छन्।

जिल्ला वन आपुर्ति समितिले नेपाल पत्रकार महासंघ बाराको नाममा छुट पुर्जी दिएको काठ बिक्री गर्न लैजादै गरेको थाहा पाए पछि केही संचारकर्मीहरुले दिएको सूचनाको अधारमा प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो।

जिल्ला वन कार्यालय बाराका प्रमुख भैरव प्रसाद घिमिरेले पत्रकार महासंघ बाराको भवन बनाउने नाममा लगीएको सालको गोलिया बेच्न लैजादै गर्दा पक्राउ परेको अनुसन्धानबाट खुलेको बताएका छन्।

पत्रकार महांसघको भनव दुई बर्ष पहिला नै निर्माण भएको अवस्थामा केहि पत्रकारहरुले नै महासंघको नाममा सहुलियत दरमा सालको गोलिया निकासा गराउने र त्यसलाई चिरानहरुमा बढी मूल्यमा बेच्ने गरेको गुनासोहरु समेत आए पछि त्यसको बारेमा अनुसन्धान गर्दा काठ सहित ट्रेक्टर नियन्त्रणमा लिइएको उनले बताए।

माघ महिनामा पनि पत्रकार महासघको नाममा १०० क्यूफिट सालको गोलिय जिल्ला वन आपुर्ति समितिबाट  केहि पत्रकारहरुले लगेकोमा त्यस गोलियालाई समेत चिरानमा बिक्री गरेको थाहा भएको घिमिरेले बताए।

जिल्ला वन आपुर्ति समितिबाट एक नम्बर सालको गोलिय खरिद गर्दा प्रति क्युफिटको एक हजार चार सय ८० रुपैयाँ राजस्व तिर्नु पर्छ भने त्यस सालको गोलियालाई चिरानमा बिक्री गर्दा प्रति क्युफिट तीन हजार भन्दा बढिमा बिक्री हुने गरेकोले महासंघको नामको काठ चिरान मिलहरुमा नाफाको लागि बिक्री हुने गरेको वन कार्यालयका कर्मचारीहरुले बताएका छन्।

पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डेले पत्रकार महासंघ बाराको भवनमा काठको कुनै काम नरहेका बता।

महासंघको नाममा जिल्ला वन आपुर्ति समितिलेबाट सहुलियत मूल्यमा काठ निकालेर बिक्री भई रहेको धेरै गुनासाहरु आएको उनले बताए।

यस कार्याले गर्दा पत्रकार महासंघको नाम नै बदनाम भएकोले गर्दा यसको छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने पाण्डेले बताए।

 

प्रकाशित: ७ चैत्र २०७३ १४:२८ सोमबार

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण