समाज

व्यवस्थित बन्दै ‘हरिचौर बजार’

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्य हराउँदै गएको छ। तर,गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रूपमा विकास गरिरहेको छ। बजार क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार समेत निर्माण गर्न थालेको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यान लगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी  वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ लाख रुपैयाँले उद्यान निर्माणको सुरुआत गरेको छ।

नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न हरेक वडामा बालउद्यान लगायतका संरचना आवश्यक हुने हुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताए। उनले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको बताए।

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्य हराउँदै गएको छ। तर,गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रूपमा विकास गरिरहेको छ।

बालउद्यानसँगै ढल व्यवस्थापन लगायतका काम समेत गरिरहेको छ। बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ। उद्यानसँगै बगैंचा समेत व्यवस्थापन गरिनेछ। अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उनले बताए।

अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउँछन्।

आफूहरूले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रूपमा विकास गर्न थालिएको उनको भनाइ छ।

बालउद्यानसँगै ढल व्यवस्थापन लगायतका काम समेत गरिरहेको छ। बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ।

‘यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौं,बजार तीव्र रूपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्न बालउद्यान निर्माण गरेका हौ’, अध्यक्ष हमालले भने, ‘खास गरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौं, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौं, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौं,थप सामग्री व्यवस्थापन गर्दै जानेछौं।’

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्ड अनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रूपमा विकास गर्ने अध्यक्ष हमालले बताए।

यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उनी बताउँछन्।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताए।

बजारमा तीव्र रूपमा भवनहरू बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्ड अनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउँछन्।

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्ड अनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रूपमा विकास गर्ने अध्यक्ष हमालले बताए।

यहाँ ऐतिहासिक गलकोट दरबार छ। हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उनको भनाइ छ।

प्रवक्ता भण्डारी भन्छन्, ‘हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउन र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउन पार्क निर्माण भएको छ, अहिले सामान्य रूपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ।’

प्रकाशित: १३ जेष्ठ २०८० ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App