समाज

करेन्ट लागेर एकको मृत्यु्

बर्दिया- ट्रान्सफर्मर नजिकैको फ्युज जोड्ने क्रममा करेन्ट लागेर एक युवाको  मृत्यु भएको छ।

                बत्ती नभएको अवस्थामा फ्युज जोड्ने क्रममा एक्कासी बत्ती आउँदा करेन्ट लागेपछि पशुपतिनगर बस्ने  ३१ बर्षिय राज बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

                आरामिल नजिकै प्राईभेट मिस्त्री मार्फत फ्युज जोड्ने क्रममा एक्कासी वत्ती आउँदा घटना हुन पुगेको विद्युत प्राधिकरण ईन्जिनियर अवधेस कुमार गुप्ताले बताए।

 

प्रकाशित: ५ चैत्र २०७३ ०८:३५ शनिबार

करेन्ट लागेर एकको मृत्यु्