समाज

जलका स्रोतमा पूजा गरी मनाइयो सिथी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिथी नख पर्व मनाएका छन्।  

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ। यसबारेमा मार्कण्डेय लगायत पुराणमा सिठी देवताका रूपमा पुज्ने गरिन्छ।

सिथी पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ।

 यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने  सूर्यबहादुर मुस्याख्वले बताए। उनले नेवार समुदायले आज पानीका मुहानको सरसफाई गरेर यो पर्व मनाउने गरिएको बताए।

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ। देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ। सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो। षष्ठीबाट अपभ्रंश भइ कुमार कार्तिकेयलाई सिथी पनि भन्ने गरिन्छ।

प्रकाशित: ११ जेष्ठ २०८० १३:३० बिहीबार

जलका स्रोतमा पूजा गरी मनाइयो सिथी नख