समाज

एक दिन कैद सजाय ताेकिएका फरार अभियुक्त पक्राउ

फाइल तस्बिर

बैंकिङ कसुरमा दोषी ठहरिएर फरार रहेका यहाँका एक युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। बैंकिङ कसुरमा १ दिन कैद सजाय र २ लाख रुपैँया जरिवाना तोकिए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन्।  

श्रेष्ठलाई उच्च अदालत पाटनको ०७९ माघ २३ गतेको फैसलामा सो सजाय सुनाइएकोमा फरार रहेकाले खोजी कार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। अदालत र प्रहरी सूचीमा फरार रहेका श्रेष्ठ लुकिछिपी बसेको भन्ने गोप्य सुराकीका आधारमा खोजतलास गर्र्दै जाँदा त्रियुगा नगरपालिका ७ चुहाडेस्थित आफ्नै घर वतनमा बुधबार फेला पारी पक्राउ गरिएको हो।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले पक्राउ श्रेष्ठलाई बुधबारै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएको बताएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८० ०८:१४ बिहीबार

एक दिन कैद सजाय पाएका फरार अभियुक्त पक्राउ