समाज

भारतले आफ्ना नागरिकलाई भन्यो: नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु

काठमाडौं- भारतले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा ५० ग्राम भन्दा बढी सुनका गहना नलगाउन अनुरोध गरेको छ। भारतले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणको क्रममा ५० ग्राम भन्दा बढी सुन र चाँदीका १ सय ग्राम भन्दा ठूला गहन नलगाउन आग्रह गरेको हो। हवाई र सडकबाट यात्रा गर्ने आफ्ना नागरिकहरुलाई  यो भन्दा बढी गहना लगाउँदा नेपालको भन्सार कानुन अनुसार अप्ठेरो हुन सक्ने हुँदा सचेत गराएको जनाएको छ।

उसले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्नु अघि नेपालको भन्सार कानुन हेर्न समेत आग्रह गरेको छ।

प्रकाशित: ४ चैत्र २०७३ १३:३१ शुक्रबार

भारतले आफ्ना नागरिकलाई भन्यो नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु