समाज

गुर्जुधारा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं – ट्रकले अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

थानकोट प्रहरीलेले झापाका ३८ वर्षीय डम्बर पोखरेल र पनौती काभ्रेका ४६ वर्षीय कान्छा लामाको मृत्यु भएको जनाएको हो। मृतक पोखरेल ट्रक र लामा ट्याक्सी ड्राइभर भएको प्रहरीले जानकारी दियो।

थानकोट प्रहरीलेले झापाका ३८ वर्षीय डम्बर पोखरेल र पनौती काभ्रेका ४६ वर्षीय कान्छा लामाको मृत्यु भएको जनाएको हो। मृतक पोखरेल ट्रक र लामा ट्याक्सी ड्राइभर भएको प्रहरीले जानकारी दियो।

र्घटनामा घाइते भएका पोखरेललाई वीर अस्पताल, ट्रमा सेन्टर लगिएकोमा उनको त्यहीँ मृत्यु भएको हो।

हानगरीय प्रहरी वृत थानकोटका प्रहरी सहायक निरीक्षक सत्यदेवी रेग्मीका अनुसार घाइते ट्याक्सी चालक लामालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।  चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। लामाले चलाउने बा १ ज ७९६७ नम्बरको ट्याक्सी सो दुर्घटनामा परेको थियो।

ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेलभएपछि अनियन्त्रित भई साना सवारी साधनलाई ठक्कर दिँदै अर्को ट्रकसँग जुध्न पुगेको थियो। ट्रक र ट्याक्सीले बा ६९ प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए। स्कुटर चालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त छन्।

दूरसञ्चारचोकमा ट्रकको ब्रेक फेल भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कृष्ण पङ्गेनीले बताए। 

प्रकाशित: ४ चैत्र २०७३ ११:१९ शुक्रबार

गुर्जुधारा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो