समाज

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।  

विहानदेखि परेको अविरल वर्षासँगै परेको चट्याङले स्थानीय खड्गबहादुर तामाङको गोठमा ओत लागेर बसेकी निमाको घट्नास्थलमै मृत्यु भएको प्रहरी चौकी बसेरीलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

प्रहरी चौकी बसेरीका प्रहरी सहायक निरीक्षक (असई) कमाण्ड र इलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी निरीक्षक (इन्सपेक्टर) नेतृत्वको संयुृक्त टोली  घट्नास्थल मंगलबारै पुगेर कानुनी प्रक्रिया बमोजिम सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीे बताएका छन् ।  

 

प्रकाशित: १० जेष्ठ २०८० ०८:०२ बुधबार

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु