समाज

सर्लाहीमा स्रोत नखुलेको पौने तीन लाखसहित भारतीय पक्राउ

सर्लाही प्रहरीले स्रोत नखुलेको करिब पौने तिन लाख नेपाली रुपैयासहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित बाटोमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको एक जना युवकबाट दुई लाख सत्तरी हजार नेपाली रुपैया बरामद भएको प्रहरीले जनाएको छ।

भारत बिहारको सीतामढी जिल्लाको सोनवर्षा ग्राम पंचायत वडा नम्बर ५ का २२ वर्षीय युवक कालु पासवानबाट स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको हो। पासवानको शरीर खानतलासी गर्दा रकम बरामद भएपछि पक्राउ गरी भन्सार कार्यालयमा रकमसहित बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपि दीपेन्द्र पंजियार थारुले जानकारी गराएका छन्। 

प्रकाशित: ९ जेष्ठ २०८० १४:२७ मंगलबार

सर्लाहीमा स्रोत नखुलेको पौने तीन लाखसहित भारतीय पक्राउ