समाज

प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका हत्याका दाेषी ढुंगेल सम्मानित

सिन्धुली– हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका र प्रहरीको खोजी सूचीमा रहेका बालकृष्ण ढुङगेल सिन्धुलीमा सम्मानित भएका छन्। 

नयाँ संरचना अनुसारको रामेछापको लिखु गाँउपालिकाको ढाडे भन्ने स्थानमा सम्मानपत्रसहित उनलाई सम्मान गरिएको हो। 

ओखलढुङ्गा र रामेछापको सिमामा उक्त ठाउँमा न्यायिक अन्बेषक तथा नागरिक समाज नामक संस्थाले नागरिक अभिनन्दन कार्यक्रम गरी जिल्लाका विभिन्न गैरसरकारी संघसंस्थाले उनलाई सम्मान गरेको ओखलढुङगाका स्थानीय पत्रकार लिला श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार जिल्लामा रहँदा ढुङगेलले समाजमा सकारात्मक काम गरेको र हाल हत्या आरोप लागेकाले अदालतले उचित न्यायिक फैसल्ला गरोस् भन्ने मनसायले उनलाई सम्मान गरिएको हो । 

दुई जिल्लाका गैर गैरसरकारी संस्थालगायत झण्डै २२ बढी संघसस्थाले खादा र अविर लगाएर उनलाई सम्मान गरेका पत्रकार श्रेष्ठले बताए। 

 

प्रकाशित: ३० फाल्गुन २०७३ १४:०० सोमबार

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका हत्याका दाेषी ढुंगेल सम्मानित